मधेस प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित कुशवाहा माओवादी केन्द्र प्रवेश


काठमाडौं । मधेस प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सर्लाही क्षेत्र नं। ३ (१) बाट मधेस प्रदेशसभामा सदस्यमा स्वतन्त्र निर्वाचित कुशवाहा माओवादी केन्द्र प्रवेश गरेका हुन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेर उनले पार्टी प्रवेश गरेका हुन् ।

कुशवाहालाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए। मधेस प्रदेशसभामा माओवादी केन्द्रका ८ जना प्रदेश सांसद निर्वाचित भएका थिए । अब कुशवाहा थएिका छन् । कुशवाहालाई निर्वाचनमा माओवादीले सहयोग गरेकै कारण कुशवाहा निर्वाचित भएका थिए ।
लामो समय नेपाली कांग्रेसबाट राजनीति गरेका कुशवाहा निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र भएर उम्मेदवारी दिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार