अघिल्लो निर्वाचनमा भोट हालेको राप्रपाले यस पटक राष्ट्रपति निर्वाचनमा नहाल्ने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा हुने मतदानमा सहभागी नहुने निर्णय गरेको हो ।

प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार कार्यसम्पादन समितिका अधिकांश सदस्यले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने धारणा राखेपछि मतदान नगर्ने निर्णय भएको हो । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् ।

पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने राप्रपाको भनाई छ।

अघिल्लो निर्वाचनमा विद्या देवी भण्डारीलाई राप्रपाले मतदान गरेको थियो । निर्वाचनमा तात्कालीन राप्रपा अध्यक्ष कमल थापा भण्डारीको समर्थक समेत बसेका थिए ।

भोली राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरु मतदाता हुनेछन्।

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार