जापानमा युट्युबर सांसद हिगाशितानी निष्कासित


जापानमा युट्युबर सांसदलाई निष्कासन गरिएको छ । जापानमा गासी उपनामले प्रख्यात युट्युबर सांसद योशिकाजु हिगाशितानीलाई निष्कासन गरिएको हो । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएको भन्दै उनलाई मङ्गलवार संसदबाटै निष्कासन गरिएको जापानी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सांसद हिगाशितानी गएको जुलाईमा निर्वाचित भएका थिए । संसदमा अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एक पटक पनि उपस्थित नभएपछि उनलाई जापानको माथिल्लो सदनले मङ्गलवार निष्कासन गरेपछि आजदेखि संसद पद मुक्त भएका छन्। ५१ वर्षीय हिगाशितानी पार्टीबाट दुई जना सांसद निर्वाचित छन् ।

उनि संसदबाट निष्कासित हुने पहिलो सांसद भएका हुन् । यसअघि सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमायाचना गर्न आदेश दिएको थियो तर उनले त्यसको बेवास्ता गरेका थिएनन् ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार