
काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
आज बिहान हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता भएको हो । भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्य तालिका छ।
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसंग अपराह्न साढे ४ बजे र र उपराष्ट्रपति जगदीप धनखडसँग अपराह्न ४ बजे घेटघाट गर्ने समय तय भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भ्रमण तालिकाअनुसार आजै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने र दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने छन् ।
यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले आजै साँझ भेटघाट गर्ने कार्यक्रम छ ।












