
काठमाडौं । अलिबाबाका संस्थापक चिनियाँ धनाढ्य ज्याक मा काठमाडौं आएका छन् । उनी आज दिउँसो साढे दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । अध्यागमन विभागका अधिकारी खिमलाल भुसालका अनुसार ज्याक मा निजि जहाज बोइङ ७३७ म्याक्समार्फत काठमाडौं आएका हुन् ।
उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । ज्यक माले प्रधानमन्त्री प्रचण्डसँग भेट्ने गर्ने कार्यक्रम रहेको बताइएको छ । निको साथमा ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक पनि नेपाल आएका छन् ।












