पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय, घरबाटै पक्राउ


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ बषृको जेल सजाय सुनाइएको छ । तेहरिक–ए–इन्साफका अध्यक्ष समेत रहेका खानलाई अदालतबाट सजाय सुनाए लगत्तै लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ । उनलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा जेल सजाय सुनाएको हो ।

बीबीसीका अनुसार इस्लामावादको जिल्ला तथा सेसन अदालतले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ।

आनको पार्टीले अदालतको फैसला पूर्वाग्रहपूर्ण भएकाले निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।

‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पूर्वाग्रही न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ,’ पार्टीका प्रवक्ताको वक्तव्यमा भनिएको बिबिसिले उल्लेख गरेको छ ।

अदालतको यो सजायपछि इमरान खान पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने पाकिस्तानी कानुन ब्यवसायीहरुको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार