धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित


कैलाली । धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ । आज हुने भनिएको सन्देश सभा स्थगित भएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिएका छन् ।

मोर्चाले सातै प्रदेशमा गर्ने सन्देश सभाको कार्यतालिका अनुसार आज धनगढीमा कार्यक्रम गर्ने तयारी थियो । अर्को सभा कहिले गर्ने भन्ने टुङ्गो लागेको छैन् ।

यसअघि मोर्चाले हिजो लुम्बिनी प्रदेशमा सन्देश सभा आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार