सुदूरपश्चिममा बन्दको प्रभावः दुई वडा कार्यालयमा आगजनी, नगरपालिकामा बम विस्फोट

धनगढी । विप्लव नेतृत्वको नेकपाले मंगलबार गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ । बन्दकर्ताले अछामका दुईवटा वडा कार्यालयमा आगजनी गरेका छन् ।

गएराति अछामको पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

आगजनीबाट कार्यालयभित्र रहेका १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत महत्वपूर्ण कागजात जलेर नस्ट भएको प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

यता, कैलालीमा पनि एक नगरपालिका कार्यालयमा बम विस्फोट गरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाको कार्यालयमा विहान करिब ४ बजे बम विस्फोट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
बम विस्फोटबाट खासै ठुलो क्षती नभएको प्रहरीको भनाई छ ।

त्यस्तै बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डको धरमघरमा सडकबीचमा बम भेटिएको छ ।
उक्त बमलाई बैतडीस्थित हनुमानध्वज गुल्मबाट गएको सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बम विस्फोटले स्थानियमा भने त्रास उत्पन्न गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार