ट्राफिक जाम हुने काठमाडौंका प्रमुख ठाउँमा ओभरहेड ब्रिज बन्दै

काठमाडौं । सरकारले ट्राफिक जाम हुने काठमाडौंका प्रमुख ठाउँमा ओभरहेड ब्रिज निर्माण गर्ने घोषणा गरेको छ। काठमाडौंमा यातायात सेवा सहज बनाउने उदेश्यले ब्रिज निर्माण गर्न लागिएको हो ।

सरकारले काठमाडौंको कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, चावहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माण गर्ने घोषणा गरेको हो । ब्रिज निमार्णका लागि आवश्यक डिजाइनको काम सुरु भइसकेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी दिएका छन् ।

मन्त्री महासेठले सोमबार काठमाडौंमा साक्षात्कार कार्यक्रमको आयोजना गरी ब्रिज निमार्ण गर्न लालिएको बारे जानकारी दिए । उनले चालू आर्थिक वर्ष भित्र काठमाडौंको सडकमा स्मार्ट लाइट व्यवस्थापन गर्ने योजना पनि रहेको बताए ।

सरकारले काठमाडौंलाई एक वर्षभित्र सुन्दर सहरको रुपमा विकास हुने गरी पूर्वाधार निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य लिएको समेत महासेठले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार