प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार सुरु

काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार सुरु भएको छ । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार सुरु भएको हो ।

मृगौलाको समस्याका कारण ‘एन्डीबडी’ को मात्रा बढेर स्वास्थ्यमा समस्या देखिए पछि ओली विहिबार सिंगापुर प्रस्थान गरेका हुन् । अहिले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको चिकित्सकको भनाइ छ ।

उपचारका लागि सिंगापुर प्रस्थान गरेका ओली १० दिनसम्म अस्पतालमै रहने बताइएको छ । यस अघि पनि उनले दुई दिन सिंगापुरमै उपचार गराएर फर्केका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार