काठमाडौं । भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको मृत्यु भएको छ । दुई वर्ष देखि विरामी जेट्लीको भारतको नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको हो ।
एम्स अस्पतालमा उपचार गराइरहेका उनको निधन बारे अस्पतालले शनिबार विज्ञप्ती निकालेको थियो । सन् २०१८ मा अरुणको मिर्गौला प्रत्यारोपण शल्यक्रिया गरिएको थियो । त्यस बेलादेखि नै उनलाई डाक्टरले भीडमा नजान र आराम गर्न सल्लाह दिइएको थियो ।
उनको ६६ वर्षको उमेरमा निधन भएको हो ।
नरेन्द्र मोदीको पहिलो प्रधानमन्त्रीत्वकालको सबै पूर्ण बजेट अरुणले पेस गरेका थिए । तथापि उनको स्वास्थमा समस्या आएपछि सन् २०१९ को अन्तरिम बजेट उनका सहकर्मी पियुष गोयलले प्रस्तुत गरेका थिए ।







