काठमाडौँ । प्रहरीले पक्राउ गरी हिरासतमा रहेका संचारकर्मी रवि लामिछाको निश्पक्ष छानविन हुनुपर्ने माग चर्चित कलाकारहरुले गरेका छन् । शनिबार रिपोर्टर्सक्लवमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले आत्महत्या गर्ने पुडासैनी प्रति समवेदना दिदै रवि लामिछानेको विषयमा निश्पक्ष छानविन हुने विश्वास व्यक्त गरेका छन् । उनले आफुपनि यस्तै पीडाबाट गुज्रिएको व्यक्ति भएको बताउदै, न्यायलयले यो विषय टुंगो लगाउने बताए । साथै उनले रवि लामिछाने चाँडैं रिहाई हुने कामना समेत गरे ।
त्यसैगरी कार्यक्रममा कलाकार निखिल उपे्रती, रमेश उप्रेती, निर्मल शर्मा ‘गैंडा’ लगाएतले पनि छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरेका छन् ।










