
जनकपुर । सांसद गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् ।
मङ्लवार जनकपुरमा संचारकर्मीहरुसंग बोल्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद थापाले प्रदेश नम्बर २ को सरकारतर्फ संकेत गर्दै यस्तो बताएका हुन् । उनले उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सरकारमै बसेर बिरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको नग्न पराकाष्ठा भएको बताए ।
उनले अधिकारको नाममा लडिरहेको देखाउन जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्ना अध्यक्षसँग लडेर संघीय सरकारबाट हटेर देखाउन चेतावनी समेत दिए । नेता थापाले संविधानमा रहेका कमी कमजोरीलाई संशोधनमार्फत पुर्ण बनाउँदै सर्वस्विकार्य संविधान बनाउनतर्फ काँग्रेस सहमत रहेको बताए ।










