
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा विनयराज पाण्डे र चतुरबहादुर चन्द भिड्ने भएका छन् । असोज ११ गते हुने क्यानको चुनावका लागि उनिहरुले उम्मेदवार भएका हुन । संघको विशेष साधारणसभा असोज १० र ११ मा चुनाव हुँदैछ ।
महासचिव र अध्यक्षका रुपमा झण्डै ४० वर्ष क्रिकेट संघको नेतृत्व गरेका पाण्डे यो पटक अध्यक्षको उम्मेदवार भएका हुन ।
यता तत्कालीन निर्वाचित क्यानको समूहबाट भने चन्द नै उम्मेदवारी दिएका हुन। अध्यक्षमा चन्द र महासचिवमा अशोकनाथ प्याकुरेल उम्मेदवार छन् । अरु उम्मेदवार टुंगो लाग्न बाँकी छ।
अधिवेशनमा स्वतन्त्र टोलीमा रहेका अन्तराष्ट्रिय क्रिकेट संघ (आईसीसी) का तीनै प्रतिनिधि आउने छन् । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले पनि पर्यवेक्षक खटाउने भएको छ ।
यो अधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि क्रिकेट संघको निलम्बन फुकुवा हुने अपेक्षा गरिएको छ । १३ अक्टोबरमा बस्ने आईसीसीको बोर्ड बैठकमा निलम्बन फुकुवाबारे छलफल हुने बताइएको छ ।












