कोरोना उपचारका लागि देशभरका १ सय ११ अस्पताल छनौंट

काठमाडौँ । सरकारले कोरोनाको उपचारका लागि देशभरका सरकारी र निजी गरी १ सय ११ वटा अस्पताललाई छनौट गरेको छ । सोमबार कोरोना भाइरस (कोभिड–१९) तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ जारी गर्दै अस्पताल पनि छनौट गरेको हो ।

यसअघि निजी अस्पतालले कोरोनाको उपचार नगर्ने घोषणा गरेपछि सरकारले अन्तत आफैले कोरोनाको उपचारका लागि अस्पताल छनौट गरेको छ । देशभर कोरोनाको संक्रमण बढ्न थालेपछि अन्तरिम निर्देशिका समेत जारी गरेको छ ।

सरकारले प्राथमिकदेखि विशिष्टिकृत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरुमा कोरोनाका शंकास्पद, सम्भावित र पुष्टि भएका केसहरुको व्यवस्थापनलाई सहज र सरल बनाउन निर्देशिका बनाइएको जनाएको छ ।

सरकारी र निजी अस्पतालका साथै मेडिकल कलेजहरुको नामलिस्ट सार्वजनिक गर्दै २५ वटा अस्पताललाई हबु अस्पतालको रुपमा तोकिएको छ भने ६४ वटा प्रादेशिक अस्पताल र बाँकी कोभिड क्लिनिक सञ्चालन अस्पतालका रूपमा राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार