मुटुको परीक्षणपछि प्रधानमन्त्री ओली बालुवाटार फर्किए


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ बालुवाटार फर्किएका छन् । दिउँसो बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका उनी मुटुको जाँच गराएर बालुवाटार फर्किएका हुन् ।

उनले केही समय देखि नियमति मुटुको जाँच गराउदै आएका छन् । आज पनि मुट जाँच गराउन गंगालाल गएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार