
काठमाडौं । देशभर को रोना सं क्रमितको संख्या बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेका छन् । सरकारले लक्षिण नभएका सं क्रमितलाई समेत अस्पताल भर्ना गरेकाले बेड अभाव भएको बताएको छ ।
यसैबीच को रोना सं क्रमितलाई अस्पताल भर्ना गर्नुभन्दा पहिले सम्पर्क गर्नाका लागि स्वास्थ्य मन्त्रालयले एउटा टिम बनाएको छ । बिरामीले अस्पताल भर्ना हुनुभन्दा पहिले मन्त्रालयको उक्त टिमसँग अनुमति लिनुपर्ने नियम बनाएको छ ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको क्लिनिकल मेनेजमेन्ट टिम बनाएको छ । सं क्रमितले अस्पतालमा भर्ना हुनुभन्दा पहिले उक्त टिमको अनुमति अनिर्वाय लिनुपर्ने छ ।
यसका साथै सरकारले को रोना सं क्रमितको उपचारका लागि निश्चित अस्पतालहरु पनि तोकेको छ । सं क्रमितले सम्पर्क गर्नुपर्ने व्यक्तिहरुको नाम र नम्बरहरु निम्नअनुसार छन् ।











