
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आज सम्मकै धेरै कोरोना बिरामी निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्रै ८ हजार ८४८ जना कोरोना निको भएर घर फेर्केका छन् । योसंगै नेपालमा कोरोना निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।
मन्त्रालयकाअनुसार हिजो ७ हजार ८९० जना कोरोना मुक्त भएका थिए । त्यस्तै मन्त्रालयले लिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८हजार ९८० नयां संक्रमित थपिएका छन । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोनाबाट नेपालमा आज १२९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।












