‘म नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ’


काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले आफु राजनीतिका लागि योग्य पात्र नभएको अनुभूती भइरहेको बताएका छन् । उनले सामाजिकसंजाल फेसबुकमा लेख्दै आफु नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुने गरेको बताएका हुने ।
नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ, बेलाबखत, उनले फेसबुक स्टाटसमा लेखेका छन् ।
मिश्रले निर्वाचनमा जनाताले आफुलाई हराएर ठिकै गरेको समेत बताएका छन् ।
दुई पटक मेरो क्षेत्रका मतदाताले झिनो मतको अन्तरले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो पनि लाग्छ। तर फेरी ुगरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने होु भन्ने चट्टानी दृढताको अगाडि त्यो क्षणिक निराशा के टिक्न सक्थ्यो र ? उनले प्रश्न गरेका छन् ।
उनलले लेखेको स्टाटस :
“सबै हेर्दा र बुझ्दा,
म नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ, बेलाबखत।
दुई पटक मेरो क्षेत्रका मतदाताले झिनो मतको अन्तरले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो पनि लाग्छ। तर फेरी ‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’ भन्ने चट्टानी दृढताको अगाडि त्यो क्षणिक निराशा के टिक्न सक्थ्यो र?
“यो देश नबदलिएसम्म त मलाई कालले पनि लाँदैन” भनेर त्यसै भनेको कहाँ हुँ र! “
भिडियो पनि हेरौं
https://www.youtube.com/watch?v=xJmyxCWYNMM&t=11s

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार