पाकिस्तानी प्रधानमन्त्रीको मोदीलाई चेतावनी: ‘इँट्टाको जवाफ पत्थरले दिनेछौं,

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जम्मु कश्मीरलाई लिएर भारतले चालेको कदमको कडा शब्दमा बिरोध गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

पाकिस्तान प्रशासित काश्मिरको राज्यसभामा विशेष सम्बोधन गर्दै उनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चेतावनी समेत दिए । १४ अगष्टमा पर्ने पाकिस्तानको स्वतन्त्रता दिवसलाई यसबर्ष काश्मिरमा मनाउँदै उनले भने, “यदि भारतले युद्धको तयारी गरिरहेको हो भने पाकिस्तान त्यसका लागि पूर्ण रुपमा तयार छ, इटको जवाफ पथ्थरले दिइनेछ।”

प्रधानमन्त्री खानले काश्मिरको ३७० धारा खारेज गरेर नरेन्द्र मोदीले हिटलर बन्न खोजेको टिप्पणी गरे । मोदीले ३७० धारालाई आफ्नो अन्तिम कार्डका रुपमा प्रयोग गरेर हिटलरले नाजीहरुका लागि प्रयोग गरेको अन्तिम समाधानजस्तै भएको उनले दाबी गरे ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफ्नो सम्बोधनमा धेरैपटक राष्ट्रिय स्वयंसेवक संघको नाम लिएका थिए ।
उनले भारतमा जे भैरहेको छ, त्यो संघ ९आरएसएस०कै विचारधाराका कारण भैरहेको आरोप लगाए ।

उनले आरएसएस विचारधारा हिटलरको नाजी पार्टी जत्तिकै भएको र मोदीले त्यसलाई प्रयोग गरिरहेको उनको आरोप थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार