चल्यो गोली, एकको मृत्यु, अवस्था झन तनावपुर्ण

एजेन्सी । पछिल्लो समय फेरि भारत र पकिस्तानबीच युद्ध हुने स्थिती बलियो बन्दै गइरहेको छ । भारतले जम्मु कश्मीरमाथी नियन्त्रण कदम चालेपछि दुबै देशबीच स्थिती निकै तनावपुर्ण भएको हो ।

पाकिस्तानले कस्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारतसँग भएको गोली हानहानमा फेरि एक जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता असिफ गफुरका अनुसार शुक्रबार बिहान भारतसंगको गोली हानाहानामा आफ्ना सिपाही मोहम्मद सिरजको र्मत्यु भएको हो ।

दुबै देशका सैनिकबीच गोली हानाहानमा हुँदा हिजो पनि पाकिस्तानका ३ र भारतका ५ वटा सिपाईको मृत्यु भएको थियो । भारतले गत अगस्ट ५ मा जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गरेपछि दुई देशबीच तनाव बढ्दै गएपछि गोली हानाहानको स्थिती भएको हो ।

गोली हानाहानपछि दुबै देशका वायुसेनाका विमानहरु तैनाथ अवस्थामा राखिएको अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार