
ढाका । राजधानी मै मन्त्रीको गाडीमाथी बम बिस्फोट गरिएको छ । यो खबर बंगलादेशको हो । शनिवार राती बंगलादेशको राजधानी ढाकामा मन्त्रीको गाडीलाई लक्षित गरि बम बिस्फोट गरिएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
स्थानीय सरकार तथा ग्रामीण विकास मन्त्री ताजुल इस्लाम एउटा कार्यक्रममा सहभागी हुन गइरहेका बेला उनको गाडीमा बम आक्रमण गरिएको बताइन्छ ।
बिस्फोटमा परी दुई जना प्रहरी घाइते भएका छन् । घटनाबारे आइतबार मात्रै जानकारी दिइएको बताइन्छ । कसले किन बम बिस्फोट गरायो भन्नेबारे अनुसंन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तर, अमेरिकामा कार्यालय रहेको अनुगमनकर्ताहरुको संस्था एसआइटीइले आइतबार ट्वीटरमा लेखे अनुसार उक्त घटना इस्लामिक स्टेट (आइए) ले गराएको हो । यद्यपी यसको पुष्टी भने बंगलादेशी प्रहरीले गरेको छैन ।













