• रौतहटमा १० लाख १० हजार रुपैयाँ भेटियो

    रौतहट । रौतहटमा पोखरीको डिलमा १० लाख १० हजार रुपैयाँ भेटिएको छ । जिल्लाको ईशनाथ नगरपालिकाको परोहा डुमरीयामा रहेको पोखरीको डिलमा उक्त रुपैयाँ भेटिएको हो । उक्त रकम प्रहरीको टोलीले बरामद गरेको छ । ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले पैसा छरेर प्रहरीलाई देखेपछि भागेको बताइएको छ । उनीहरु दुबै जन...

  • भरतपुर अस्पतालमा मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

    चितवन । चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उपचारका क्रममा रौतहटको परोहा नगरपालिका ८ नर्कटियाका ६८ वर्षीय एक व्यक्तिको मंगलबार मृत्यु भएको थियो । आइसीयुमा राखेर उपचार गरीरहेका उनको मृत्यु भएपछि धेरैले कोरोना आशंका गरेका थिए । अस्पतालले उनको कोरोना परीक्षण गर्दा रिपोर्ट नेग...

  • विभेद र छुवाछूतबारे संसदमै प्रधानमन्त्रीको झुट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जातीय विभेद र छुवाछूतमुक्त रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले नेपाल जातीय विभेद र छुवाछूत मुक्त रहेका बताएका हुन । सांसद लक्ष्मी परियारले सरकारको नीति तथा कार्यक्रममा दलित समुदाय, र दलित आयोग, महिला आयोगबारे कुनै ...

  • बंगालको खाडीबाट आउने शक्तिशाली चक्रवातले नेपालमा हावाहुरी सहित हिमपात हुने

    काठमाडौं । बंगालको खाडीबाट आउने शक्तिशाली चक्रवातले नेपालमा पनि पूर्वी क्षेत्रमा असर पर्ने देखिएको छ । मंगलबारबाट नेपालको पूर्वी क्षेत्रमा चक्रवतका कारण हावाहुरी सहित वर्षा हुने बताइएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवतका कारण हिमाली क्षेत्रमा हिमापत हुने सम्भावना  रहेको मौसमविदले जनाएका छन् ।  बंगालको खाडीमा हुने...

  • आरडिटी पोजिटिभ देखिएका बाझाङका ७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

    बझाङ । आरडिटी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका बझाङका सात जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । यसअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका बझाङको बित्थडचिर गाउँपालिकाका ७ जनाको आरडीटी गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनीहरुको पीसीआर ...

  • नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की पक्राउ

    काठमाडौं । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका हुन । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख ज्ञवालीले बताए । पक्राउ पर्ने कार्की चन्द्रागिर...

  • प्रेस लेखिएको मोटरसाइकलबाट प्रहरीले हतियार बरामद

    सर्लाही । कोरोना फैलिन नदिनका लागि घोषणा गरिएको लकडाउनमा अतिआवश्यक सेवा, प्रेस, प्रहरी र डाक्टरहरुलाई हिड्न पाइने व्यवस्था छ । तर, तिनै सेवालाई कतिपयले दुरुपयोग गरिरहेका छन् । आइतबार मात्रै प्रहरीले सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद गरेको छ । भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेका व्य...

  • ललितपुरका दुई वटा नाकामा हेल्थ डेस्क स्थापना

    ललितपुर । ललितपुरका दुई वटा नाकामा हेल्थ डेस्क स्थापना गरीएका छन् । कोरोना भाइरसको जोखिम हुन नदिनका लागि डेस्क स्थापना गरीएका हुन् । डेस्क गोदावरी नगरपालिका ५ तिलेश्वर र ६ तिनपाने भञ्ज्याङमा शुरुआत गरीएका छन् । ती नाकाबाट नगर आउने व्यक्तिको अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरिने छ । तिनपाने भञ्ज्याङको सडक कान्ति...

  • चट्याङ लागेर उदयपुरमा एक जनाको मृत्यु

    उदयपुर । उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका ३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । गाईवस्तु चराउन जगंल गएका उनको फर्किने क्रममा चट्याङलागेर बिहीबार मृत्यु भएको बताइएको छ । घरनजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलम...

  • भारतको क्वारेन्टाइनमा रहेका ५ सय जनालाई जमुनाहा नाकाबाट नेपाल ल्याइयो

    नेपालगञ्ज । भारतका विभिन्न ठाउँको क्वारेन्टाइनमा रहेका करीब पाँच सय जनालाई नेपाल ल्याइएको छ । नेपालगञ्जको जमुनाहा नाकाबाट उनीहरुलाई नेपाल ल्याइएको हो । सीमा नाका नजिकै भारतको बहराइच र आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको नेपालगञ्ज प्रशासनले जनाएको छ। करीब पाँच सय जनाको जमुनाहा नाकाबाट नाम र ...