काठमाडौं । पौडीवाज गौरिका सिंह १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा तीन स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् । उनले आइतबार महिलातर्फको ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेपछि सागमा लगातार तेस्रो पटक स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी हुन । सातदोबाटोस्थित पौडी पोखरीमा गौरीकाले निर्धारित ४०० मिटर को दुरी ४ मिनेट २५.२८...







