‘साग’मा तीन स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् गौरिका

काठमाडौं । पौडीवाज गौरिका सिंह १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा तीन स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् ।
उनले आइतबार महिलातर्फको ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेपछि सागमा लगातार तेस्रो पटक स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी हुन ।

सातदोबाटोस्थित पौडी पोखरीमा गौरीकाले निर्धारित ४०० मिटर को दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरी गरिन् । त्यसैगरी निर्धारित दुरी पार गर्न भारतकी सिभांगी शर्माले ४ मिनेट २६.२२ मिनेटमा पार गर्दै रजत र ४ मिनेट ४१.९१ मा दुरी पार गर्दै श्रीलंकाकी रमुदी नुरालाले काश्य जितेकी छन् ।यसअघि गौरिकाले २०० मिटर फ्रिस्टाइल र २०० मिटर व्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार