राहत वितरणमा विवाद हुँदा जनकपुरमा प्रहरीद्धारा लाठीचार्ज

जनकपुर । स्थानीय तहले राहत वितरण गर्दा  देशका विभिन्न ठाउँमा विवाद भइरहेकाे छ । वास्तविक राहत पाउनु पर्ने व्यक्तिले भन्दा पनि जनप्रतिनिधिका नजिकका व्यक्तिले राहत पाएको भन्दै धेरै ठाउँमा विवाद बढेको हो ।

कतिपय ठाउँमा त स्थानीयले जनप्रतिनिधिलाई नै कुटपिट गरेका खबर आइरहेका बेला आइतबार जनकपुरमा पनि राहत वितरणमा विरोध भएको छ । स्थानीय बासीले राहत वितरणमा विभेद गरेको भन्दै विरोध गरेका हुन । स्थानीयको विरोधमा विवाद हुँदा प्रहरीले लाठीचार्ज समेत गरेको छ ।

जनकपुरधाम वडा नम्बर १४ का वडाध्यक्ष पुण्यप्रसाद यादवले रातह वितरणमा विभेद गरेको स्थानीयले आरोप लगाएका छन् । उनीहरुले वडाध्यक्षको विरोधमा नारावाजी समेत गरेका थिए । विवाद भएपछि स्थानीयले लाठीचार्ज गरेको बताइएको छ । तर स्थानीयले भने वडाध्यक्षको निर्देशनमा प्रहरीले लाठीचार्ज गरेको आरोप लगाएका छन् ।

प्रहरीको लाठी लागेर करिब एक दर्जन स्थानीयलाई चोट लागेको बताएका छन् । उनीहरु सबै वडा नम्बर १४ का स्थानीय हुन् । तर प्रहरीले भने राहत वितरणको नाममा समाजिक दुरीको पालना नगरेको भन्दै प्रहरीले लाठीको प्रयोग गरेको बताइएको छ ।

राहत वितरणमा बडाध्यक्ष यादवले विपन्न र गरीवलाई छाडेर आफ्नो कार्यकर्तालाई अनावश्यक रुपमा वितरण गरेको आरोप स्थानीयको छ । तर वडाध्यक्ष यादवले भने विपक्षी दलले जानी जानी विरोध गरेको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार