धादिङ । धादिङमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेनीघाट रोराङ गाउँपालिका १० जयपुरीका १६ वर्षीया विपना चेपाङ रहेकी छन् ।
उनको मंगलबार लत्रिएको तार छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट मकै गोड्न बारीमा पुग्दा विद्युत्को तार लत्रिएको ठाउँमा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते चेपाङको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याइएको थियो ।
गाउँमा लगिएको विद्युत्को नाङ्गो तार मकै बारीमा लत्रिएको र चेपाङले भुलवश छुँदा मृत्यु भएको हाे । नेपाल विद्युत् प्राधिकरणले मृतक परिवारलाई क्षतिपूर्ति तिर्ने बताइएको छ ।










