पहिलो पटक बैंकका कर्मचारीमा देखियो कोरोना संक्रमण


अछाम । नेपालमा पहिलो पटक बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा अछामको चौरपाटी गाउँपालिका १ मा रहेको सेन्चुरी बैंकमा कार्यरत कर्मचारी रहेका छन् ।

चौरपाटी गाउँपालिका ५ लुंग्राका उनलाई शुक्रबार कोरोना पोजिटिभ देखिएको हो । उनले असार १९ गते कोरोना परीक्षणका  लागि स्वाब दिएका थिए ।

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको बताइएको छ । बैंकका कर्मचारीमा कोरोना देखिएपछि बैंक सिल गरिएको छ भने गाउँमा उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार