चर्चित जोडी कृष्ण वली र रुपालाई पुत्रलाभ (भिडियोसहित )


काठमाडौं । सामाजिक संजालमार्फत निकै चर्चित कृष्ण वली र रुपा मगरको जाडीले पुत्र लाभ गरेको छ । बुधबार दिउँसो उनलाई पुत्रलाभ भएको हो ।

कृष्ण र रुपाको वैवाहिक जिवन र प्रेमलाई नेपाली समाज सामु एक प्रेरणादायी जोडीका रुपमा लिइन्छ । यो जोडीको परिवारमा पुत्रलाभ हुँदै थपिएको खुशीले उनका हजारौं शुभचिन्तकहरुले बधाई दिदैं खुशीयाली मनाइरहेका छन् ।

रुकुम ९पश्चिम०को सानीभेरी गाउँपालिका–९ सिम्लीका कृष्ण विद्युत प्राविधिक हुँदा काम गर्ने क्रममा ३ बर्षअघि करेन्ट लागेर कृष्णले दुबै हात र एक खुट्टा गुमाएका थिए । बिहे गरेको एक बर्ष पुरा भएकै अर्कोदिन कृष्णले यस्तो नियती भोग्नु परेको थियो । आर्थिक अभावका कारण कृष्णका काटिएका हात खुट्टाको पनि राम्रोसंग उपचार हुन सकिरहेको थिएन ।

कृष्ण र रुपाको अवस्थालाई विभिन्न अनलाइन मिडियाहरुले बाहिर ल्याएपछि देश विदेशबाट करोडौं आर्थिक सहयोग जुट्यो र उक्त रकमले कृष्णले विदेशमा गएर आफ्नो राम्रो उपचार गरेर कृत्रिम हात खुट्टा पनि हालिसकेका छन् । जसले गर्दा उनि अचेल हिड्न सक्छन र कृतिम हातले आफ्ना ब्यक्तिगत कामहरु पनि गर्न सक्ने भएका छन् ।

भिडियोसहित 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार