काठमाडौं । काठमाडौं उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितिले आफुहरुलाई उठिबास लगाउने विकास चाहिदैन भन्दै प्रर्दशन गरेका छन ।
काठमाडौं उपत्यकाका विभिन्न ठाँउबाट आफ्नो सांस्कृतिक पहिरनमा बाजागाजा सहित सयौंको संख्यामा आएका स्थानिय पीडितहरुले बिहिबार माइतीघर मण्डलामा धर्ना तथा जुलुस गरेका हुन ।
सरकारले विकासका नाममा काठमाडौं उपत्यकाका नेवार समुदायको सांस्कृतीक पहिचान मेटाउदै उठिबास लगाउन खोजेको भन्दै उनिहरुले सरकार बिरुद्ध चर्का नाराबाजी गरेका छन ।
उठिबास लगाउने विकास चाहिदैन, नेवार संस्कृती मास्न पाइदैन, खोकनाबाट सेना फिर्ता गर, ब्यक्तीगत सम्पतीको हकअधिकार सुरक्षित गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका पीडितहरुले आफ्नो गाँस बासको अधिकार सरकारले नै खोेसेको बताएका छन ।
उपत्यकाका सडक बिस्तारका नाममा सरकारले पीडितहरुलाई क्षतीपुर्ती र मुआब्जा समेत नदिई सुकुम्बासी बनाउन खोजेको उनिहरुको आरोप छ ।
सडक बिस्तार गर्दा पीडितहरुलाई क्षतिपुर्तीसहित उचित ब्यवस्थापन गर्नुपर्ने सर्वोच्च अदालतको आदेशलाई समेत सरकारले बेवास्ता गरिरहेको उनिहरुको भनाई छ । सर्वोच्च अदालतले २ असोज ०७४ मा पीडितहरुको उचित ब्यवस्थापन र पुरातात्विक सम्पदाको संरक्षण गर्नुपर्ने सहितको आदेश जारि गरेको थियो । तर, सरकारले सर्वोच्चको आदेशको नै अवहेलना गरिरहेको उनिहरुको आरोप छ ।
सडक बिस्तारका नाममा आफुहरुले चिहानमा दाह संस्कार समेत गर्न नपाएकोप्रती उनिहरुले आक्रोस पोखेका छन ।
गैरन्यायिक सडक बिस्तार नरोकिएसम्म र आफुहरुको उचित ब्यवस्थापन नभएसम्म काठमाडौं उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितिको आन्दोलन जारि रहने उनिहरुले बताएका छन ।
भिडियो हेर्नुहोस