
काठमाडौं । हिन्दु धर्मालम्बीहरुले आज हरितालिका तीज मनाउदैं छन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्व महिलाहरुले व्रत बसी महादेवको पूजा आराधना गरी मनाउदैं छन् ।
कोरोनाका कारण यो वर्ष तीज घरभित्रै सिमिति भएको छ । सरकारले कोरोनाबाट बच्चनका लागि भिडभाड नगर्न अनुरोध गरेसँगै तीन घरभित्रै सिमित भएको हो ।
तीजमा निकै भिडभाड हुने काठमाडौंको पशुपति लगाएका देशभरका शिवालयहरु पनि बन्द रहेका छन् ।











