कविता: ‘चल गोविन्दे अनसन बसौँ’

एक छाक नखाइ बसे के हुन्छ ?
कोहि यतिका दिन कसरी भोको बाँचिरहेको छ !
मान्छेले खानका लागि बाँच्ने होइन, बाँच्नका लागि खाने हो ।
कतिले घुस खाए,
कसैले मासु, दारु र अर्काको पसिना खाए
खाएकाहरु किन यति भोका देखिरहेका छन् ?
कसरी गायब भैरहेछन् इतिहासका पानाबाट मान्छेका अनुहारहरु ?
कोहि भोकै बसेर भुँइचालो ल्याइरहेको छ ।
हल्लाइरहेको छ, डिनर टेबल
फेसबुकको बाल र मन्त्रालयको ढोका।
चल गोविन्दे अनसन बसौँ ।
उसले धुली पनि महाराजगन्ज हो भन्यो,
के बिग्रियो ?
उसले पनि कृष्णभुषण बल जस्तो काठमाडौं एक्लैले काठमाडौं बोक्न सक्दैन भन्यो,
के बिग्रियो ?
उसले जुलुङ्गोलाई कोटपाईन्ट लाएर बानेश्वर चोकमा उभिएको सुहाएन भन्यो,
के बिग्रियो ?
अब केही बिग्रिदै नबिग्रिए पछि
एकछाक नखाएर बसे झन के बिग्रियो ?
मान्छेले बाँच्नका लागि खाने हो, खानमा लागि बाँच्ने होइन !
रामे, श्यामे, सीता, रिता,गीता आऊ झट्टै जाऔं !
चल गोबिन्दे अनसन बसौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार