सबै एकतावद्ध भएर चुनावमा केन्द्रित हुन प्रचण्डको निर्देशन


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानिय तह निर्वाचनमा सबै एकतावद्ध भएर लाग्न निर्देशन दिएका छन् ।

आज विहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति र प्रदेश इन्र्चाजहरुको बैठकमा प्रचण्डले सबै पार्टी पङ्क्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका हुन्। सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा नेताहरुलाई ब्रिफिङ समेत गरेका छन् ।

बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सत्ता गठबन्धन भित्र चुनावी तालमेल नभए एमालेसँग तालमेल नगर्न समेत निर्देशन भएको एक नेताले बताए। स्थानीय चुनाव नजिकिएसँगै पार्टी प्रवेशको लहर आएकाले त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा समेत बैठकमा नेता र नेतृत्वबीच छलफल भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार