भाइटीकाकै दिन साथीकी बहिनी बलात्कारको आरोपमा विद्यार्थी नेता पक्राउ

काठमाडौं । भाइटीकाकै दिन एक युवक आफ्नो साथीको बहिनी बलात्कारको आरोपमा पक्राउ गरेका छन् । महानगरीय प्रहरी वृत्त, बौद्ध, काठमाडौंका अनुसार बलात्कार गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राई पक्राउ परेका हुन । राईलाई मंगलबार विहान ६ बजे पक्राउ प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य रहेको समेत अनुसंन्धानमा खुलेको छ ।राईले आफ्नै साथीकी बहिनीलाई सोमबार दिउँसो आफन्तको कोठामा कोही नभएको वेला लगेर बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

राईले पीडितको हात बाँधेर चक्कु देखाउँदै बलात्कार गरेको पीडितले प्रहरीमा बयान दिएकी छन । पीडितले दिएको किटानी जाहेरीको आधारमा राईलाई पक्राउ गरिएको बौद्धका डीएसपी रमेशबहादुर सिंहले बताए । राईमाथी अनुसंन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार