हुम्ला । केहिदिन यता चिसो बढ्को छ । अरु क्षेत्रको तुलनामा उच्च हिमाली जिल्लाहरुमा धेरै चिसो बढेको छ । अत्याधिक चिसो हुने जिल्ला हुम्ला पनि हो । हुम्लाका उच्च क्षेत्रमा चिसो बढ्न थालेपछि प्रहरीचौकी सार्न सुरू गरिएका छन् ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेको प्रहरीचौकी सारिएको छ । नाम्खामा चिसो माइनस एक डिग्रीमा पुगेसँगै लिमी प्रहरीचौकीका इञ्चार्ज दीपेन्द्र पन्तको नेतृत्वमा रहेको ११ जनाको टोली जिल्ला प्रहरी कार्यालय सिमकोट सारिएको बताइएको छ ।
अरु ठाउँको तुलनामा नाम्खा हुम्लाको धेरै चिसो हुने ठाउँ हो । त्यहाँ कात्तिकको मध्य महिनादेखि चिसो बढ्न सुरुहुन्छ । यतिबेला नाम्खाको लिमीमा हिउँ समेत जन्म सुरु भइसकेको छ ।
हुम्लाका अत्याधिक चिसो हुने क्षेत्रका प्रहरीचौकी वर्षेनी सार्ने गरिन्छ । सीमा सुरक्षाका लागि राखिएको हिल्ला प्रहरीचौकी पनि चिसो बढेसँगै सदरमुकाम सिमकोटमा सारिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
हिल्सा नेपालर चीनको मुख्य सिमा नाका हो । यसरी चिसोका कारण सदरमुकाम सारिएका प्रहरीचौकी वैशाखमा मात्रै माथितिर जाने गर्छन् । वैशाखमा चिसो कम हुने भएकाले प्रहरीचौकी सार्ने काम गरिन्छ ।
प्रहरीचौकी मात्रै नभए नाम्खाका गाउँपालिकाका स्थानीय बासीपनि जिल्ला बाहिर बसाइ सर्ने गर्दछन् । उक्त क्षेत्रमा बाक्लोल हिमपात हुने भएकाले उनीहरु चिसो छल्न जिल्ला बाहिर जान्छन् ।













