थाहा पाउनुहोस्,सखरखण्डकाे कमाल

काठमाडौं । उमेर बढ्दै गएपनि आफुलाई सुन्दर र जवानी देखाउने धेरैकाे  चाहाना हुन्छ । शरिरलाई फर्तिलो बनाउनका साथै अनुहार पनि सुन्दर होस् भन्ने सोंच हुन्छ । यो मानविय नेचर नै हो ।

आफुलाई सुन्दर र जवानी देखाउनका लागि मानिसहरु ब्यूटिपालर जाने, ठुल ठुलो अस्पतालमा गएर हजारौं खर्च पनि गरिरहेका हुन्छ । तर, खानपान र बानी व्यवहारमा परिवर्तन गर्न सक्यो भने घरमै बसेर तपाईको शरिरको कमाल देखिन्छ । हाम्रो खराब जीवनशैली र असन्तुलित भोजनले गर्दा आधा वैसे उमेरमै विभिन्न रोगले सताई मृत्यु समेत हुने गर्छ ।

स्वास्थ्यकर्मीका अनुसार लामो समयसम्म बाच्नको लागी र आफुलाई स्वस्थ बनाइ राख्नका लागि खानपानमै विशेष ध्यान दिनु पर्छ । हामीले दैखिक प्रोटिनयुक्त र बढी काबाडहाईड्रेट भएको खानेकुरा खानुपर्छ ।

त्यो खानेकुरा हो सखरखण्ड । यो हाम्रो गाउँघरमा सजिलै पाइने रेसादार खानेकुरा पनि हो । यसमा चिनीको मात्र हुदैन्,जसले अन्धो हुनबाट बचाउनुका साथै तौल नियन्त्रण,मुटुको रोग हुने खतरा ,उच्च रक्तचाप र कोलोस्ट्रोल पनि नियन्त्रण गर्छ ।

वैज्ञानिकको अध्यनले पनि यहि भन्छ कि हामीले कम क्यालोरी भएको खानेकुरा खानु पर्दछ । वैज्ञानिकहरुले सन् १९३० को दशकदेखि धेरै चिकित्सकलाई जति कम क्यालोरी खायो, उत्तिनै तौल नियन्त्रण भई यसबाट धेरै वर्ष बाच्ने र लामो समयसम्म जवान देखिने सल्लाह दिएका थिए ।
त्यसैले तपाईले सखरखण्ड खानु भयो भने तपाईलाई स्वास्थ राख्नुका साथै राम्रो पनि देखाउछ । साथै धेरै वर्ष बाँचका लागि पनि सहयोग मिल्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार