
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । सरकारले राष्ट्रियसभाका रिक्त हुने १९ सदस्यका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले दल दर्ताको सूचना जारी गरेको हो ।
आयोगले दल दर्ताको म्याद शुक्रबारदेखि पुस ६ गतेसम्म तोकेको छ ।
यसअघि निर्वाचित भएका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजनाको कार्यकाल फागुन २१ मा सकिदै छ । संवैधानिक व्यवस्थाअनुसार कार्यकाल सकिनुभन्दा ३५ दिनअघि चुनाव गरिसक्नु पर्छ ।
यो पनि पढ्नुस








