काठमाडौं । काठमाडौंको स्वीचाटारबाट ठुलो रकमसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका-९ स्विचाटार स्थित सिताराम बुढाथोकीको घरमा जुवातास खेलीरहेको अवस्थामा १ लाख ७ हजार ५ सय १० रूपैयाँ नगदसहित ९जनालाई पक्राउ गरिएको प्रहरी जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले बुढाथोकी सहित ९ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।










