६ लाख बढि रकमसहित काठमाडौंबाट १६ जना जुवाडें पक्राउ


काठमाडौं । काठमाडौंबाट प्रहरीले ६ लाख २५ हजार रुपैयाँ नगदसहित १६ जना जुवाडे पक्राउ परेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–९ को शुभकामना चोकमा रहेको केशव पाण्डेको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनिहरुलाई प्रहरीले नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ का ४२ वर्षीय शंकर डंगोल, राजु गुरुङ, धादिङ सल्यानटारका पदम अधिकारी, गल्छी गाउँपालिकाका दिनेश कुँवर, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाका ६० वर्षीय मोहन खड्का, शिवजी शिवाकोटी र सूर्यविनायक नगरपालिका–१० का ४६ वर्षीय देवेन्द्र केसी रहेका छन् ।

त्यसैगरी, मकवानपुर इन्द्रसरोवरका श्याम सुन्दर नगरकोटी, काठमाडौं नगरपालिका–३ का देवरत्न श्रेष्ठ, स्याङ्जा चापाकोटका विमल मगर, नागार्जुन–१ का रोशन ठकुरी, तारकेश्वर–६, काठमाडौंका रामशरण खत्री, नुवाकोट पञ्‍चकन्याका दिनेश पन्त, गोरखा धार्चेका बुद्धिबहादुर गुरुङ, आरुघाट–२ का अनुप गुरुङ र धादिङका इन्द्रराज बिडारी पनि जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

पक्राउ गरेको उनीहरू उपर प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार