करेन्ट लागेर एक जनाको मृत्यु

धादिङ । धादिङमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेनीघाट रोराङ गाउँपालिका १० जयपुरीका १६ वर्षीया विपना चेपाङ रहेकी छन् ।

उनको मंगलबार लत्रिएको तार छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट मकै गोड्न बारीमा पुग्दा विद्युत्को तार लत्रिएको ठाउँमा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते चेपाङको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याइएको थियो ।

गाउँमा लगिएको विद्युत्को नाङ्गो तार मकै बारीमा लत्रिएको र चेपाङले भुलवश  छुँदा मृत्यु भएको हाे । नेपाल विद्युत् प्राधिकरणले मृतक परिवारलाई क्षतिपूर्ति तिर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार