
काठमाडौं । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा पनि ५ जना संक्रमित भेटिएको पुष्टि गरेको छ । संक्रमित मध्ये ३ जना काठमाडौं, १ जना ललितपुर र १ जना भक्तपुरका रहेका छन् ।
काठमाडौंका कोरोना संक्रमित मध्ये एक जना बागबजारको होटल हार्दिक नजिकैको छापाखानामा काम गर्ने व्यक्ति भएको खुलेको छ । अहिले उनी बुद्ध विहार पछाडि बस्ने गरेको वडा कार्यालयले जनाएको छ ।
संक्रमित ती युवा केही दिनअघि मात्रै भैरहवाबाट काठमाडौं आएको खुलेको छ। वडा कार्यालयले ती युवा काम गर्ने र बस्ने ठाउँ सिल गर्ने तयारी गरिरहेको छ । अन्यको भने ठेगाना खुलेको छैन् ।
उपत्यकामै पाँच जनामा कोरोना देखिएपछि उपत्यकाबासी त्रसित बनेका छन् ।











