
काठमाडौं । नेपालमा बढ्दो कोरोना संक्रमणलाई न्युनिकरणका लागि अष्ट्रेलिया सरकारले आर्थिक सहयोगको घोषणा गरेको छ ।
अष्ट्रेलियाको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि उपकरण खरिदमा ७० लाख डलर सहयोग गर्ने जनाएको छ । यो सहयोग राष्ट्रसंघ र एनजीओमार्फत् प्रदान गरिनेछ ।












