प्रचण्डले भोली तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिंदै, काँग्रेस हेर्या हेरेई


काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोली तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिने भएका छन् । आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्ण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि भोली शपथको हुने भएको हो । राष्ट्रपति भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

आज साँझ अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष एमालेसहितको सात दलिय गठबन्धनबाट प्रधानमन्त्रीमा दावी पेश गरेका थिए । प्रचण्डको पक्षमा एमालेसहित सात दलका १६९ सांसदको बहुमत पुगेपछि भोली नै प्रधानमन्त्रीको शपथ ग्रहणको तयारी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहितका रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्रीका लागि राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेस गरेका थिए।

काँग्रेसले माओवादीसंगको सहमती कार्यान्वयनमा चासो नदिएर माओवादीवाहेकको सरकार बनाउने रणनीति बनाएपछि नयां सरकार गठनका लागि नयां गठबन्धन बनेको माओवादीका एक केन्द्रिय सदस्यले अनमोलपोस्टलाई बताए । उनकाअनुसार काँग्रेसले माओवादीलाई छाडेर अन्य साना दलहरुको साथ लिएर नयां सरकार गठनको भित्रि तयारी गरेको थियो ।

जसबारे प्रचण्डले थापा पाएपछि एमालेसहितको नयां सत्ता गठबन्धन बन्न पुगेको र यसले देशलाई विकास र समृद्धीको यात्रामा तिर्वरुपमा अघि बढाउने ति नेताको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार