
काठमाडौं । प्रतिनिधि सभा सदस्य अब्दुल खानले संसदमा अनसन बस्ने चेतावनी दिएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीको संसदीय दलका उपनेतामा समेत रहेका खानले पुल निर्माणको बिषयलाई लिएर अनसन बस्ने चेतावनी दिएका हुन् ।
आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खानले बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल नबनेको भन्दै उनले उक्त पुल निर्माणको कार्यले तिव्रता नपाएको भन्दै तिर्ब असन्तुष्टी जनाउंदै अनसन बस्ने चेतावनी दिएका छन्। उनले विकास निर्माणको कामलाई तीव्रता दिन सरकारलाई आग्रह पनि गरे ।
‘
यसअघि नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतम यो पुल निर्माणको माग गर्दै अनसन बसेका थिए ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले समेत नारायणघाट बुटवल पदयात्रा गरेर सरकारको ध्यानाकर्षण गरेको स्मरण गर्दै जनमत पार्टीका सांसद खानले गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।








