भक्तपुरमा स्वास्थ्यकर्मी सहित १२ जनामा देखियो डेंगु

काठमाडौं । भक्तपुरमा स्वास्थ्यकर्मी सहित १२ जनामा डेंगुको संक्रमण देखिएको छ । भक्तपुर अस्पतालमा कार्यरत एक स्वास्थ्य अधिकृतसहित १२ जनामा डेंगुको संक्रमण देखिएको हो ।

संक्रमण देखिएका मध्ये २ जनाको भक्तपुर अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको छ । यो वर्ष डेंगु काठमाडौं, चितवन लगाएका जिल्लामा धेरै देखिएको छ ।

भक्तपुरमा पनि गत वर्षको भन्दा धेरै जनामा डेंगु देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गत वर्ष तीज जनामा मात्रै डेंगु देखिएको थियो । डेंगुबाट बच्नका लागि सरसफाईमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

याे पनि पढ्नुहाेस् ।

डेंगुलाई घातक हुनबाट यसरी रोकौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार