निमोनिया बारे जान्नुहोस्, बच्नबाट यी उपाए अपनाउने

काठमाडौं । जाडोको समयमा सानो होस् या ठुलो सबैलाई निमोनिया छिटो लाग्छ । अरु व्यक्तिको तुलनामा बच्चालाई झन् छिटो लाग्छ ।
चिकित्सकका अनुसार निमोनिया रुघाखोकी बिग्रेर हुन्छ । प्राय बच्चालाई मात्र हुने भनेर बुझिएतापनि यसले बुढेसकालसम्मै दुःख दिन्छ। जाडोमा निकैसावधान रहनुपर्छ। फोक्सोको संक्रमण धेरैजसो किटाणुहरुले गराउँछ । किटाणुबाहेक अरु चिजले पनि गर्छ । जस्तो एउटा निमोनियालाई केमिकल निमोनिया भनिन्छ त्यो चाहिँ विष, मट्टितेल जस्ता पदार्थहरुले गराउन सक्छ । तर मुख्य निमोनिया गराउने चाहिँ किटाणु नै हुन्। तर, धेरैलाई निमोनिया लागेको कसरी थाहा पाउने भन्ने नै अलमल हुन्छ ।
निमोनियाका लक्षणहरु
– चाँडो चाँडो श्वास फेर्ने
– खोकी लाग्ने
– कोखामा हान्ने
– श्वास फेर्दा छाती र करङको भाग धस्सिने०
– श्वास फेर्न गाह्रो हुने,
– बच्चाहरुले दुध चुस्न नसक्ने ।

यी त भए निमोनियाका लक्षणहरु, अब निमोनियाबाट कसरी जोगिने भन्ने बारेमा पनि थाहा पाउनुहोस् ।
बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउने गर्नुपर्छ। ६ महिनापछि अरु खानेकुरा जस्तै दुई वर्षसम्म स्तनपान गराउनुपर्छ । जसले गर्दा एक त बच्चाको पोषण पनि राम्रो हुन्छ। त्यो बाहेक स्तनपानले रोगसँग लड्ने क्षमता पनि बढ्छ । आमाको दुधमा पोषक तत्वबाहेक रोगसँग लड्ने क्षमता हुने चिकित्सकहरु बताउँछन्।

निमोनियमा बचाउन सफासँग हात पनि धुन चिकित्सक सुझाउँछन्। प्रदुषण बढेको छ। जताततै फोहोर नै फोहरै छ। हात नधोइकनै बच्चालाई समात्ने, बच्चालाई अंगालो हाल्ने काम गर्न नुहने डा राई बताउँछन् । यसो गर्दा हाम्रो हातमा किटाणु बच्चालाई पनि सर्ने हुन्छ । सुरुमा हात धुने र त्यसपछि मात्रै बच्चा समात्ने गर्न चिकित्सक सल्लाह दिन्छन्।

नियमित खोप लगाउने र खानपानमा ध्यान दिने गर्नु पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार