
काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार घटनाबारे छानविन हुने भएको छ । जुत्ता प्रहारबारे छानबिन गर्न सोमबार एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा एसएसपी थापासंगै परिसरका डिएसपी होवीन्द्रबोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिम्लिसिना रहेका छन् ।
आइतबार राष्ट्रिय सभागृहमा तत्कालीन एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी जुम्लाका २१ बर्षिय रतन ािरुवाले अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । उनले हानेको जुत्ता प्रचण्डलाई भने लागेको थिएन ।
उनि पूर्वमाओवादी लडाकुका छोरा भएको दावी गरिएपनि उक्त कुरा पुष्टी हुन सकेको छैन । नेकपा जुम्लाले भने रतन सहिद परिवारको सदस्य नभएको र विप्लव कार्यकर्ता रहेको दाबी गरेको छ ।
जुत्ता हान्ने रतन तिरुवाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।











