जाजरकोट । जाजरकोटमा सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डोल्पा ठूलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकाया रहेकी छन् ।
उनको सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव भएर मृत्यु भएको स्थानीयले बताएका छन् । घरमै सुत्केरी भएकी कोरायाको बच्चा भइसकेपछि अत्याधिक रक्तश्राव भएको थियो ।
स्थानीयले गाउँ नजिकै अस्पताल नभएकाले उनलाई बचाउन नसकेको बताएका छन् । उनको घरमै स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेका थिए ।
तर पनि रोकायाको रगत नरोकिएपछि मृत्यु भयो । उनको मृत्यु भएपनि उनीबाट जन्मेकि छोरीको स्वास्थ्य भने राम्रो रहेको बताइएको छ ।










