
किाठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वमा यो भन्दा पनि अझै खराब स्थिति आउन सक्ने चेतावनी दिएको छ । अमेरिका र चीनबीच कोरोना भाइरसको उत्पति र विश्व स्वास्थ्य संगठनको भूमिकाका विषयमा आरोप प्रत्यारोप भइरहेको बेला कोरोना महामारीको बारे यस्तो गम्भीर चेतावनी दिएको हो ।
संगठनका महानिर्देशक डा. टेड्रोस ग्रीब्रियासले जेनेभामा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा विश्वका सबै देशहरुलाई लकडाउन हटाउने निर्णयमा हतार नगर्न समेत अपिल गरे । कोरोनाकै कारण विश्वमा अझै खराबभन्दा खराब स्थिति आउन बाँकी रहेको चेतावनी दिएका हुन् ।
उनले भने, ‘केभिड–१९ का कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी छ, त्यसेबला विश्वले महामारीको नराम्रो रुप देख्नेछ ।’ उनले विश्वमा २ देखि ३ प्रतिशत जनसंख्यामा मात्र यो भाइरसविरुद्द लड्ने प्रतिरोध क्षमता भएको दाबी गर्दै भाइरस विरुद्दको खोप नबनेसम्म अवस्था निरन्तर बिग्रँदै जाने चेतावनी दिए ।
उनले सन् १९१८ मा देखिएको फ्लु जस्तै यो अवस्था पनि एकदमै खतरनाक अवस्था भएको बताएका छन् । फ्लुको महामारीले विश्वमा ५ करोडभन्दा बढी मानिसको ज्यान लिएको स्मरण गराउदैं उनले यो पनि त्यो भन्दा खतरानाक रहेको दाबी गरेका छन् ।
उनले यो बेला एकले अर्काे देशको प्रतिष्पार्धा गर्नु भन्दा पनि महामारी विरुद्ध सामाना गर्न आग्रह गरेका छन् । यो भाइरसका बारेमा झै मानिसहरुले बुझिनसकेको भन्दै उनले यो सैतानका विरुद्द हामी सबै मिलेर लडनुपर्ने बताए ।













