
काठमाडौं । सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको बताइएको छ ।
संविधानमा ब्यवस्था भएअनुसार जेठ १५ अधि सरकारले बजेट ल्याउनु पर्ने हुन्छ । त्यसअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ । हिजो (शनिबार) बालुवाटारमै बसेको नेकपाको सचिवालय बैठकले संसद बैठक बोलाउन सरकारलाई सुझाव दिएको थियो ।












